बिर्तामोड / साना शहरी खानेपानी तथा सरसफाइ संस्था बिर्तामोडमा व्यापक भ्रष्टाचार भएको आरोप लागेको छ । प्रगतिशील प्यानलको अध्यक्षका उम्मेदवार ज्ञानु प्रसाईंले संस्थामा भ्रष्टाचार र बेथिति बढेको आरोप लगाएका हुन् ।

‘२०६८ सालदेखि खानेपानी संस्था बिर्तामोडमा कार्यालय प्रमुख छैनन्, प्रसाइले भने, ‘कार्यालय प्रमुखको तलव, भत्ता समितिले नै भुक्तानी लिईरहेको छ ।’ उनले कार्यालय प्रमुख नियुक्त गर्ने बिषयमा समितिमा निर्णय भएर पनि कार्यान्वयन नगरिनुले भ्रष्टाचार भएको पुष्टि हुने दाबी गरे ।

पानी महसुल महँगो भएको र जडान खर्चको कारणले धेरै उपभोक्ताले मिटर राख्न नसकेको आरोप उनको थियो । ‘११ सय पर्ने मिटरलाई १३ हजार बनाएर खानेपानीलाई सर्वसाधारणको पहुँचभन्दा महँगो बनाइएको छ’ प्रसाईंले भने, ‘महिनामा १० लाख रुपैयाँ विजुली र १० लाख इन्धनमा खर्च गरेको पाइयो, वैकल्पिक ऊर्जाको प्रयोग गरेर महसुल घटाउन सकिन्छ, त्यसको लागि मेरो टिमले चुनाव जित्नु पर्छ ।’

खानेपानी व्यवस्थापन अस्त–व्यस्त रहेको भन्दै प्रसाईंले आधुनिक प्रविधि भिœयाउने बताए । बिर्तामोड खानेपानीले तीनै तहका सरकारसँग कुनै पनि समन्वय नगरेको आरोप प्रसाईंले लगाए ।