भोजपुर / भोजपुरको षडानन्द नगरपालिका–१२ दाइजोरका मानबहादुर घिसिङको जुनार खाँदा ज्यान गएको छ ।
छिमेकी तारा राईको बारीमा जुनार टिपी खाने क्रममा सर्किएर राईको सोमबार साँझ ज्यान गएको हो । प्रहरी चौकी देउरालीबाट प्रहरीको टोली घटनास्थल पुगेर जाँच गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए ।