लैङ्गिक हिंसा विरुद्ध आत्मरक्षा तालिम

alt
  • मंसिर २२, २०७६
  • २०६ पटक पढिएको
  • ब्लाष्ट खबर

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका किशोरीहरुका लागि आत्मरक्षाको तालिम सञ्चालन भएको छ ।

नगरपालिकाको सहयोगमा केआइएफ कुरोदय मार्सल आर्टस् संघ मोरङमार्फत नगरका ७ विद्यालयका ७५ जना किशोरीका लागि एक साताको आत्मरक्षा सम्वन्धी आधारभूत तालिम सञ्चालन भएको हो ।

तालिम समापनका अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत किशोरीहरुको

आत्मरक्षाका लागि यसखाले कार्यक्रम तय गरि महिलामाथि हुने हिंसालाई कम गर्ने उपाय निकालिएको बताइन् ।

कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, केआइएफ कुरोदय मार्सल आर्टस् संघकी केन्द्रीय उपाध्यक्ष विद्या चाम्लिङ, संघका जिल्ला अध्यक्ष टीका भट्टराई र प्रशिक्षार्थी वविता राईले मन्तव्य व्यक्त गरे । कोही आफुमाथि आइलाग्दा कम शक्ति र सृजनशील विवेकबाट वच्न सकिने तालिमलाई प्रकाश वस्नेत, अशोक लिम्बू, लुना लिम्बू, युना राई र सन्तोष राईले सहजिकरण गरेका थिए ।

महिलाहरुमाथि जवरजस्ती करणी सहितका आक्रमणका घटनाबाट बच्न आत्मरक्षाका केही शीपहरु समेत प्रतिक्षार्थीले प्रस्तुत गरेको पथरी क्याम्पसमा आयोजित कार्यक्रममा, तालिममा उत्कृष्ठ अस्मिता चौधरी र सुवाना लिम्बूलाई पुरस्कृत गरिएको छ ।

०७३ सालमा स्थापना भएको कुरोदयले मोरङमा यस अघि मिक्लाजुङ, केराबारी र उर्लावारीमा यसखाले तालिम सञ्चालन गरिसकेको छ । देशभरीमा ४ सय जना किशोरी एवम् युवतीलाई तालिम दिइसकेको संस्थाले जनायो ।

 

दिउँसै माेटरसाइकल चा ...

बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइल चोरेर भाग्दै ग ...

शहीद स्मारक ए डिभिजन ...

काठमाडाै । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन ...

प्रदेश सरकारले आफ्नै ...

लक्ष्मीमार्ग । मोरङको बेलबारी स्थीत नव निर्मीत ट्राफिक ...

एक बर्षदेखि कल्भर्ट ...

बिर्तामोड । बिद्युत प्राधिकरणले एउटा बिजुलीको पोल ५ फिट ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved