पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा ट्राफिक नियम उल्लघन गर्नेहरुलाई चकलेट खुवाइएको छ ।

लायन्स क्लब अफ पथरीशनिश्चरेको आयोजनामा नगरस्थित समुदाय प्रहरी पालिका समिति समेतको सहकार्यमा पथरी चोकमा ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत त्यसप्रकारको काम भएको हो ।

लायन्य क्लब अफ पथरीशनिश्चरे अध्यक्ष मञ्जरी घिमिरेको अगुवाईमा ट्राफिक नियम उल्लघन गर्ने चालकहरुलाई चकलेट खुवाउँदै अव आयन्दा नियम पालन गर्न जानकारी गराइएको छ । कार्यक्रममा, हेल्मेट नलगाएर मोटरसाइकल चलाउने, हेल्मेटको फित्ता नबाँध्ने, बस तथा अन्य साना यातायातका साधनमा सिट बेल्ट नबाँध्ने, लाइसेन्स र ब्लू बुक नबोक्नेहरुलाई समेत ट्राफिक नियम पालना नगरेका चालकहरुलाई रोकी नियम पालना गर्न आग्रह गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सडकमा गएर ट्राफिक निमय पालना गर्न चालकहरुलाई आग्रह गरेकी थिइन् ।

नगर उपप्रमुख वास्तोला तथा लायन्स क्लब अफ पथरीशनिश्चरेकी प्रेसिडेन्ट मञ्जरी घिमिरे सहितका लायनहरु, इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी अधिकारी। ट्राफिक प्रहरी प्रमुख मणिराम कोइराला सहितका सुरक्षाकर्मी सहभागि भएर जनचेतनामुलक कार्यक्रम अघि बढाइएको छ । लायन्यले डिजी सर्भिस सप्ताह अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।