विराटनगर/ विराटनगरमा सम्पन्न भएको फेस अफ मारवाडी किड्स २०१९ को उपाधि पाँच जनाले जितेका छन् । उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन् ।

प्रतियोगिता अन्तर्गत नमन अग्रवालले मिस्टर लिटल मारवाडीको उपाधि हात पारेका छन् । सोही स्पर्धाका फस्ट रनर अप हर्षवर्धन शर्मा र सेकेण्ड रनर अप गौतम अग्रवाल घोषित भए । त्यस्तै मिस लिटल फेस अफ मारवाडीको विजेता रिधी अग्रवाल, फस्ट रनर अप चारबी जैन, सेकेण्ड रनर अप निधी गोल्छा भइन् ।

त्यस्तै मिस मिनी फेस अफ मारवाडीको विजेता आरशीया पोद्दार, फस्ट रनर अप इशु अग्रवाल र सेकेण्ड रनर अप आध्या शर्मा भइन् । त्यस्तै मिस्टर मिनी फेस अफ मारवाडीको विजेता आरभ अग्रवाल, फस्ट रनर अप पारथ अग्रवाल र सेकेण्ड रनर अप सौर्य लखोटिया भए ।

त्यस्तै प्रिन्सेस फेस अफ मारवाडीको विजेता निसिता अग्रवाल, फस्ट रनर अप आरनिया अग्रवाल र सकेण्ड रनर अप राधिका भारद्वाज घोषित भइन् । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेस काठमाडौंको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनलमा ४५ जनाले प्रतिस्पर्धा गरेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए ।