विराटनगर /  मोरङको धनपालथान गाउँपालिका २ नं. वडाको वडाध्यक्षको निर्वाचनमा ८०.६१ प्रतिशत मतदान भएको छ । शनिबार साँझ ५ बजे सम्पन्न भएको निर्वाचनमा ३ हजार २ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए ।
धनपालथान गपा २ मा ४ हजार ७४ कुल मतदाता रहेका मध्ये १ हजार ६ सय ९४ महिला र १ हजार ५ सय ९० पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिृकत अधिकारीले बताए । वडा अध्यक्षको निर्वाचनको लागि धनपालथान गपाको २ नम्बर वडा कार्यालय र सोही स्थानमा रहेको जनता माध्यमिक विद्यालयमा मतदान स्थल बनाएको थियो । सर्वदलिय बैठकपछि शनिबार रातीदेखि धनपालथान गपाको कार्यालयमा मत गणना हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।
गत बुधबार भएको मनोनयन दर्तामा ६ जनाले वडा अध्यक्षको लागि उम्मेदावरी दर्ता गराएका थिए । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट पंकज मण्डले उम्मेदवारी दिएका छन् । नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेको छ । कांग्रेसले नारायणप्रसाद साहलाई उम्मेदवारी बनाएको छ । समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको हो ।
यसअघि तत्कालीन एमालेबाट निर्वाचित वडाअध्यक्ष बलिराम भगतको सर्पले डसेर भगतको २०७५ जेठ २४ गते मृत्युको भएपछि धनपालथानमा वडाअध्यक्ष पद खाली थियो । यहाँ नेकपा र काग्रेस बिच कडा प्रतिस्पर्धा रहेको छ ।