धरान । धरानमा रिक्त रहेको मेयर तथा वडाध्यक्ष पदका लागि जारी निर्वाचनमा करिब ५० प्रतिशत मत खसिसकेको छ । यो प्रतिशत २ः४५ बजेसम्मको हो ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार ५० प्रतिशत मत खसिसकेको छ । २०७४ साल असार १४ गतेको निर्वाचनमा ६७ दशलमव ८६ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो । यसपटक १३ हजार भन्दा बढी मतदाता बढेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस पटक ९२ हजार ८ सय ५३ मतदाता रहेका छन् ।

धरानको सबैभन्दा थोरै मतदाता ७ नम्बर वडामा रहेको छ । जहाँ वडाध्यक्ष पदका लागि पनि मतदान भइरहेको छ । ७ नम्बर वडामा नेकपाबाट जीवनराज सुवेदी, काङ्ग्रेस सुवर्णमोहन पलिखे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालबाट नीता राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई चुनाव चिन्ह) दिनेश शाक्य भिडन्तमा छन् ।

यस वडामा २ हजार २५ जना मतदाता रहेका छन् । सबैभन्दा बढी धरान–१५ मा १३ हजार ५३ मतदाता रहेका छन् । त्यहाँ २ वटा मतदान स्थल रहेका छन् । १२ दलसहित ११ स्वतन्त्रले मेयरका लागि स्पर्धा गरिरहेका छन् । जसमा नेपाली काङ्ग्रेसका तिलक राई र नेकपाका प्रकाश राईबीच भिडन्त हुने अनुमान गरिएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेकपा र काङ्ग्रेसबीच नै भिडन्त भएको थियो ।

त्यो बेला काङ्ग्रेसबाट तिलक राई नै मेयरका लागि प्रत्यासी थिए । त्यसबेला तारा सुब्बासँग करिब साढे ४ हजार ८ सय ७३ मतान्तरले पराजित बनेका थिए । स्मरण रहोस् त्यो बेला नेकपाबीच एकीकरण भइसकेको थिएन । सुब्बाको २०७५ साउन १ गते निधन भएपछि मेयर पद रिक्त रहेको थियो ।

_MG_1941 _MG_1948 _MG_1954 1 2 _MG_1957 _MG_1961 _MG_1970 2 2 _MG_1964 3 2 4 2 5 1 6 _MG_1968