उदयपुर । सिद्धिचरण राजमार्ग सडक–खण्डको मरुवामा शुक्रबार सुमो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । कटारी नगरपालिका–४ मरुवामा टाटा सुमो दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।
ओखलढुङ्गाबाट कटारीतर्फ आउँदै गरेको ना.१ ज ३८८६ नम्बरको सुमो एक्कासि सडकबाट पल्टिएर दुर्घटना भएको थियो ।
गाडीमा सवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ निबासी ६७ वर्षीय सन्तबहादुर विश्वकर्मा, ६६ वर्षीया मनमाया विश्वकर्मा, ६६ वर्षीया कर्णमाया विश्वकर्मा र मोलुङ गाउँपालिका–५ निबासी ५० वर्षीया मैया विश्वकर्मा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
सिद्धिचरण–५ निबासी ७० वर्षीया तिलमाया विश्वकर्मा, चम्पादेवी गाउँपालिका–५ निबासी ४२ वर्षीया तारा तामाङ र उनकी छोरी १४ वर्षीया सेली तामाङ, सिन्धुली फिक्कल गाउँपालिका–५ निबासी ५५ वर्षीय वीरेन्द्रबहादुर सुनुवार र सर्लाहीका सोवित महतो समान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई कटारी अस्पतालमा उपचार गरी अस्पतालले विराटनगर रेफर गरेको छ भने सामान्य घाइते भएका महतोको उक्त अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।































