भद्रपुर । लैङगिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार भद्रपुर नगरपालिका आयोजनामा साना हातहरु भद्रपुर, विश्व सेवा बिस्तार, एबिसि नेपाल, वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्रको संयोजनमा सिटी सफारी अटोटेम्पो लगायत गाडीचालक र स्थानीयवासीबिच जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
लैङगिक हिंसा अन्त्य र मानव बेचबिखन रोकथामका लागि सबैलाग्नु पर्ने बक्ताहरुले जोड दिए । कार्यक्रममा सबै अटो रिक्सा सिटी रिक्साहरु मा जनचेतना मुलक स्टिकर टाँसिएको थियो ।
सानाहातहरु नेपालका अध्यक्ष जगत वाग्लेको सभापतित्व तथा भद्रपुर नगरका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेकामे थियो ।
साना हातहरु नेपालका स्टेशन म्यानेजर बिक्रम वाग्लेले सन्चालन गरेको कार्यक्रमा इन्द्र बिस्टले स्वागत गरेका थिए । कन्चना सिटौला ,सिटी सफारी अध्यक्ष राजेश थापा,६नम्बर वाड अध्यक्ष बन्धु कार्की लगायतले बोलेका थिए ।































