अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले हालसम्म जम्मा एउटा फिल्ममा अभिनय गरेकी छन् । तर, उनको चर्चा खुब छ । फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसीसँग जोडी बाँधेपछि सुहानाको चर्चा चुलियो ।

अब भने सुहानालाई फिल्म ‘ए मेरो हजुर ४’ मा देख्न सकिनेछ । उक्त फिल्ममा सुहाना फाइनल भइसके पनि नायक को रहने भन्ने अझै तय भएको छैन । निर्देशक झरना थापाले आफ्नी छोरी सुहानाका केही सुन्दर तस्बिर सामाजिक सञ्जालमार्फत् शेयर गरेकी छन् ।