Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा

हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा

alt
  • मंसिर ११, २०७६
  • ब्लाष्ट खबर
 
सप्तरी/  अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मङ्गलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजा गरेका हुन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन् ।
जङ्गली हात्ती गाउँ पसेर किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेकाले पूजा गरेको स्थानीयवासी श्यामकुमार चौधरीले बताए । जङ्गली जनावरबाट असुरक्षित भएको बारे स्थानीय सरकार, वन कार्यालय, कोशी टप्पु आरक्ष, जिल्ला प्रशासनलगायलाई जानकारी गराउँदा सुनुवाइ नभएको स्थानीयवासी सूर्यमान तामाङ बताए । गाउँमा दैवी प्रकोप र बिपत्ति आएमा अग्निसाइर मन्दिरको पूजा गरे शान्ति हुने धार्मिक विश्वास छ । स्थानीयवासीले चन्दा सङ्कलन गरेर सामूहिक पूजा गरेका हुन । “हामीले हात्ती धपाउन हरेक उपाय अपनायौँ”, अग्निसाइर कृष्णासवरन–२ का खड्गबहादुर तामाङले भन्नभयो, “सम्बन्धित निकायमा पटक–पटक आग्रह ग¥यौँ, कसैले चासो नदिएपछि सामूहिक पूजा गर्न बाध्य भयौँ ।” अग्निसाइर देउता रिसाएका कारण जनावरले गाउँलेलाई सताएको उनीहरुको बुझाइ छ । पछिल्लो समय जङ्गली हात्ती, बाँदर र बँदेलले आतङ्क मच्चाउन थालेपछि खेतीयोग्य जग्गा बाँझै रहने गरेको छ ।
सम्बन्धित समाचार
जलमार्ग सञ्चालनले हतुवागढी–तराई आवागमन सहज

विजयपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म ‘पानी बो ...

साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने अध्यक्ष राईको चेतावनी

विजयपुर । सुनसरी क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्कराज ...

अतर्राष्ट्रिय नारी दिवसमा छात्रालाई सेनिटरी प्याड

विजयपुर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धरान वितरक संघले धरान १६ स्थित ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जलमार्ग सञ्चालनले हतुवागढी–तराई आवागमन सहज
साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने अध्यक्ष राईको चेतावनी
अतर्राष्ट्रिय नारी दिवसमा छात्रालाई सेनिटरी प्याड
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग
प्रतिनिधिसभा निर्वाचनः आफ्नै वडामा ठूला दल ‘अलोकप्रिय’
मौन अवधिमा किन भेटे अमेरिकाका वाणिज्य दूतले ?
ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता
बी.पी. प्रतिष्ठानमा स्किल्स ल्याव उद्घाटन
सदन मा.वि.ले मनायो ७० औँ वार्षिकोत्सव
बेथिति अन्त्य गर
आजको राशिफलः २०८२ साल फागुन २९ गते शुक्रबार
विराट गोल्डकप चैत २८ देखि : ट्रष्टले नै आयोजना गर्ने
चतरा मूल नहरको जग्गा अतिक्रमण गरी घरटहरा नबनाउन वराहक्षेत्र नगरपालिकाको सूचना
नेमकिपाका उम्मेदवार महेश श्रेष्ठको निर्वाचत खर्च शून्य
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved