धरान / नेकपाको चुनावी प्रचार प्रचारमा हिडेका महिलालाई कांग्रेसका एक नेताले दुव्यवहार गदैं पर्चा च्याति दिएको आरोप लागेको छ । नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि नन्दकुमार राईले धरान–८ स्थित सभागृह अगाडी नेकपाको चुनावी प्रचार अभियानमा रहेका महिला समुहसँग भएको प्रचार सामाग्री खोसेर च्यातिदिएको स्थानीय लोककुमारी श्रेष्ठले बताइन । उनका अनुसार राईले पोस्टर च्यातेर फालि यो एरिया कांग्रेसको भएको बताउदैं रुखमा भोट नहाले रगतको खोलो बग्ने धम्की दिएको पीडित महिलाले जानकारी दिइन ।
श्रेष्ठका अनुसार छिमेकीहरुको घरमा उहाँहरुकै आग्रह अनुसार पोस्टर टाँस्दैं गर्दा राईले पोस्टर च्यातेर टास्ने गमसमेत पाेखाएका थिए । आफ्नो एरियामा नेकपाको पर्चा नटास्न धम्की दिदैं दादागिरी देखाएको श्रेष्ठले बताइन ।

घट्ना लगतै ती महिलाले प्रहरीमा मौखिक उजुरी गरेकी थिइन । घटनाबारे खवर अाउने साथ घटनास्थल पुगि राईलाई  अाचार संहिता विपरित काम नगर्न चेतावनी दिएर छाडिएकाे डिएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिए ।  राई २०७४ सालमा वडा नं ८ मा कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा उम्मेद्वार बनेका थिए । उनी कांग्रेस निकट आदीबासी जनजाति जिल्ला समिति सुनसरीका अध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ ।
उनले देखाएको यो हर्कत निर्वाचन आचरसंहिता विपरित भएको नेकपा निर्वाचन प्रचार उप समिति संयोजक भीम ज्याला राईले बताए । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार कसैको चुनावी प्रचार अभियानलाई अवरोध गर्ने कार्य गरे वा पर्चा च्याते जेल सजाय र जरिवना हुने प्रावधान रहेको छ ।
अर्काको प्रचार सामाग्री च्यात्ने, व्यत्तिको घरमा पर्चा टास्दा अवरोध गर्ने कांग्रेसको पराजित मानसिकताको उपज भएको नेकपाका निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतले बताए ।

1-8