तेह्रथुम / आफ्नै घरमा आगो लगाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । मेन्छयायेम गाउँपालिक ३ सेकिम्बाका ५२ वर्षिया मिङमा निरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको बताएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आफ्नै घरमा आगो लगाउने शेर्पालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तेजवहादुर दाहालले बताए ।