Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार

सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार

alt
  • मंसिर ७, २०७६
  • RSS
 
काठमाडौँ / महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार गरेको छ । झण्डै पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने तगारीमा जुटेको कामपाले यस चालू आर्थिक वर्षमा भने निर्माणको काम थाल्ने जानकारी गराएको छ । कामपा शहरी योजना आयोगका सदस्य शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले २० प्रकारको ढाँचा तयार भएको र तयारीमध्ये आवश्यक स्थान र बजेटको आधारमा निर्माणको काम शुरु गर्ने तयारी रहेको छ ।
उपाध्यक्ष बस्नेतले भने , “यसरी बनाइएका ढाँचामा एक पटकमा एक जनाका लागि मात्र उपयुक्त हुनेदेखि एकैपटक तीन जनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका पनि छन्”, यिनीहरु सबैको पहुँचयुक्त हुन्छन् ।” उनका अनुसार यसरी बनाइएका डिजाइन कम्तीमा रु १५ लाख र बढीमा रु एक करोड लागतका छन् । शौचालयको समस्या समाधान भयो भने काठमाडौँमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने भन्दै उपाध्यक्ष बस्नेतले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको बताए । शहरमा सार्वजनिक शौचालय निर्माण गर्ने कुरासँगै यसको दिगो उपयोग गर्ने कुरा, शौचालयबाट निष्काशन भएको फोहर व्यवस्थापनको कुरा महत्वका साथ समाधान गरिनुपर्छ । काठमाडौँ उपत्यकामा ११५ सार्वजनिक शौचालय रहेका र त्यसमा कामपामा ५८ रहेका छन् । कामपामा रहेकामध्ये २८ मात्र प्रयोगमा छन् । अन्य पानीको अभाव र फोहरका कारण प्रयोगविहीन रहेको कामपाले जनाएको छ । प्रयोगमा भएकाको पनि सरसफाइको अभाव, साबुन र पानी नहुनु, महिलाको मासिक तालिकाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड प्राप्त नहुनु, महिला र अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग अनुकूल नहुनुजस्ता समस्या रहेको छ ।
सम्बन्धित समाचार
जेन जीको नाममा पीडित भएका धरानेले कहिले पाउने न्याय ?

धरान । जेन जी आन्दोलनको क्रममा सरकारी सम्पत्ति, सम्पदा, प्रहरी कार्यालय तोड ...

मिहिनेतकी पर्याय विभा

विराटनगर । जब चिकित्सा शिक्षा आयोगले एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा न ...

वैज्ञानिकको सूचीमा डा. सञ्जीव शर्मा

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेन जीको नाममा पीडित भएका धरानेले कहिले पाउने न्याय ?
मिहिनेतकी पर्याय विभा
वैज्ञानिकको सूचीमा डा. सञ्जीव शर्मा
घरबाट धाउने मन्त्री भाडाबापत पैसा लिँदै
निजी विद्यालयहरुलाई दायरामा ल्याऊ
आजको राशिफलः २०८२ साल कात्तिक २८ गते शुक्रबार
निर्वाचनको निश्चितता छैन, दल दर्ता १२५ पुगे
नक्कली प्रमाण–पत्र पेस गर्ने शिक्षकमाथि मुद्दा दायर
सङ्क्रमणकालीन न्याय चँँडो टुङ्ग्याऊ
आजको राशिफलः २०८२ साल कात्तिक २७ गते बिहीबार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved