देउराली । धरानका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धरान १५ बस्ने वर्ष १९का अनिल थापा, धरान १७ मा कोठा भाडामा बस्ने वर्ष २० का सन्तोष बिशंखे र मोरङको कानेपोखरी गाउँपालिका ६ बस्ने वर्ष ३५ का कविराज दाहाल रहेका छन् ।
थापा र दाहाललाई इलाका प्रहरी कार्यालय धरानको धरान ८ तिनकुनेमा रहेको चेकपोष्टमा यात्रुवाहक बसको चेकजाच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनिहरुको साथबाट १०० ग्राम र Spasmid लेखिएको जम्मा ७७० क्याप्सुल र १०० ग्राम र Treedol-50 लेखिएको जम्मा ७४० ट्याब्लेट बरामात गरेके कार्यालय ले जनाएके छ ।
त्यस्तै, बिशंखेलाई लागुऔषध संचय गरी कारोबार गरेको सुचनाको आधारमा बुधबार उनकै कोठाबाट पक्राउ गरीएको कार्यालयले जनाएको छ । उनको साथबाट एभिल, लुपिजेसिक र डाइजेलाब ९२७र२७ एम्पुल० जम्मा ८१ एप्पुल लागुऔषध फेलापरेको छ ।
पक्राउ परेका तिनैजनामाथी लागुऔषध मुद्धामा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।