भोजपुर/ भोजपुरको षडानन्द नगरपालिका–८ सेमेङमा एक महिलाको अज्ञात समूहले दुवै स्तन काटिदिएका छन् ।

स्थानीय खकुवा खोलामा लुगा धुन गएकी वीणा तामाङको बुधबार स्तन काटिदिएका हुन् । स्तन काटिएका कारण उनी गम्भीर घाइते बनेकी छन् ।

नकाव लगाएर आएको समूहले काटेर फरार भएको प्रत्यक्षदर्शीसमेत रहेका उनका देवर धनबहादुर तामाङले बताए । स्तन काटिएकी तामाङलाई उपचारको लागि दिङलातर्फ लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।