धरान  / नेपाली कांग्रेसको तर्फबाट धरान उपमहानगरको मेयरको उम्मेद्वार रहेका तिलक राईले यस पालीको चुनाबमा आफ्नो जित निश्चित रहेको दावी गरेका छन् ।
चुनाबी अभियानको क्रममा घरदैलौ कार्यक्रममा राईले यस्तो दावी गरेका हुन् । उनले भने–‘बिगतका चुनाबको आधारमा कम्युनिष्टको आफ्नो किल्लाको नारा दिने गरेका ेबताउदै यसपालीको चुनाबको परिणामले धरानमा कम्युनिष्टको त्यो दम्वको अन्त्य हुने बताएका छन् ।
राईले भने ‘औपचारीक रुपमा निर्वाचन आयोगले १४ गतेको निर्वाचन पश्चातमत गणना घोषणा गर्छ तर धराने जनताको साथ र सहयोगले यसपाली नेपाली कांग्रेसकाले धरानमा चुनाव जित्ने लगभग निश्चित छ ।’
धरान– १७ मा घरदैलोको क्रममा उनल यस पाली कांग्रेस बाहेकका मतदाताहरु मजदुर, किसान, विभिन्न पेसाकर्मीको र कम्युनिष्टका बरिष्ठ नेताहरुको मतले नै यसपाली चुनाब जित्ने उनको भनाई छ ।