धरान / चुनावाको मिति नजिकिदै जादा नेकपाको माहोल अझ बढ्दै गएको छ । धरानका सर्वसाधारणहरुले नेकपालाई जिताउने मनस्थिति बनाइसकेको अवस्थामा धरानमा रहेका सुकुम्बासी बस्तीका सर्वसाधारणहरु पनि यस पटकको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेकपाकै उम्मेद्वारलाई जिताए थाति रहेका काम पुरा हुने बताएका छन् ।

धरानमा रहेका अधिकांश सुकुम्बासी बस्तीका सर्वसाधारणले विगतमा गरेको मतदानका सही सदुपयोग भएकोले यसपटक पनि नेकपाकातर्फबाट प्रमुखका उमेद्वार प्रकाश राईलाई नै भोट हाल्ने बताएका छन् ।

धरान १६ लोकतान्त्रिक बस्तीका राजकुमार ठकुरीले स्व. तारा सुब्बाले यो बस्तीमा विकासका योजनाहरु अगाडि ल्याउदै गर्दा उहाको निधन भएकोले उहाँका अधुरा कामलाई अहिलेको नेकपाका उमेद्वार प्रकाश राईले गर्ने विश्वास गरे । ‘उहाँले अघि सारेका योजना पुरा काङ्ग्रेसले पुरा गदैंन नेकपाकै व्यक्ति चाहिन्छ ।’– रामकुमार भन्छन्–‘थाती रहेका काम अव नेकपाकै नेतृत्वले गर्ने हो ।’
स्थानीय चुनावको अढाइ बर्षको अवधिमा यहा रहको सर्दु खोलामा तटबन्द, सडक पेटी निर्माणलगायतका कामहरु भएको उनले बताए ।

धरान १६ नौलो बस्तीका दुर्गा श्रेष्ठलेसमेत नेकपाले धरान उपमहानगरपालिकाको नेतृत्व सम्हालेदेखि नै यस टोलमा विकासका कामहरु धमाधम हुन थालेको बताए ।
यस्तै मजदुरी काम गर्दै आएका सुमन अधिकारीलेसमेत विगतमा चुनावमा कांग्रेसलाई भोट हाले पनि कहिल्यै नजित्ने र आफ्नो वडाको कामसमेत नहुने देखेपछि गत बर्षदेखि नेकपालाई भोट हाल्न थालको नेकपाले अहिले विकासका कामलाई तिब्रता दिएका बताए ।
सुकुम्बासी बस्तीका सर्वसाधारणले यसपटक नेकपालाई जिताउन ह्वीप नै जारी गरेका छन् । अढाइ बर्षको अवधिमा नेकपाले सुकुम्बासी बस्तीमा घर नम्बरदेखि लिएर, खोलाका तटबन्ध, सडक, विजुली बत्ती, खानेपानी समस्या समाधानको लागि पानी ट्यांकी निर्माणका कामहरु भएको भन्दै यसपटकको उप निर्वाचनमा समेत नेकपालाई नै विजय गराउने प्रणमा लागेका हुन् ।

sukumbasi