विराटनगर / अदालतले फैसला गरेको बिगो रकम २ लाख नर्तिदा विराटनगरका एक जना व्यापारी पक्राउ परेका छन् । अदालतले जारी गरेको ३५ दिने र सो पछिको ७ दिने म्याद भित्र पनि बिगो रकम नबुझाएपछि विराटनगर – ७ मेनरोड नगर प्रहरी कार्यालयदेखि दक्षिण बस्ने ४१ वर्षिय अंकित भनिने नरेश कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अग्रवाल विराटनगरस्थित एलजी स्वरूमको डिर्लर संचालक हुन् । उनको डिर्लर विराटनरको अतिथी सदन अगाडी रहेको बुझिएको छ । उनले एलजीको उत्पादनहरू विक्री वितरण गर्दै आएका छन् । मोरङ अदालतले शुक्रबार अग्रवाललाई पक्राउ गरि अदालतमा उपस्थीति गराउन आदेश दिएपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए ।

शनिबार विदा परेकोले प्रहरीले पक्राउ परेका अग्रवाललाई आइतबार अदालतमा उपस्थीति गराउने उनले बताए । ‘अदालतको पक्राउ गर्ने आदेश आएपछि हामीले पक्राउ गरिएको हो,’ डिएसपी खिउँजुले भने । अग्रवाललाई अदालतमा उपस्थीति गराएपछि फैसला गरेको बिगो रकम २ लाख रुपैयाँ बुझाए रिहा हुने नभए २ वर्ष कैदमा राख्न जिल्ला कारागार विराटनगर पठाउनेछ । नगेन्द्र ठकुरीले व्यापारी अग्रवाललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ‘लेनदेन बिगो’ मुद्दा दर्ता गराएका थिए ।

२०७५ साल मंसिर ६ गते बिगो रकम प्रतिवादीबाट भराउन अदालतले फैसला गरेको थियो । ‘अदालतले जारि गरिएको ३५ दिने म्याद भित्र बिगो रकम दाखिला नगरेको हुदा मुलकी देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ (२) बमोजिम अग्रवाललाई २ वर्ष कैदमा राख्न पक्राउ गरी यस अदालतमा दाखिला गराइदिन अनुरोध गरिएको छ,’ अदालतले आदेश गरेकोे पत्रमा उल्लेख छ ।’ ०५७ मंसिर ६ मा फैसला भए पनि कार्यन्वयन नभएको अवस्थामा शुक्रबार जिल्ला अदालत मोरङका न्याधीश मेदनीप्रसाद पौडेलको इजालशले शुक्रबार कार्यन्वयन आदेश दिएका हुन् ।IMG_20191116_120458