धरान / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को धरान ३ मा सोमबार निर्वाचन परिचालन समिति तथा वडा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

नेकपाका १ नम्बर प्रदेश कमिटी सदस्य मुक्साहाङ मेन्योङबोको प्रमुख आतिथ्यतामा निर्वाचन परिचालन कमिटी बनाइएको हो । भेलालाई नेकपाको तर्फबाट मेयरका उम्मेद्वार प्रकाश राई, निर्वाचन परिचालन सहसंयोजक तथा वडा इञ्चार्ज मुरारी सुवेदी, समितिका सचिव नारायण सुवेदीलगायतले सम्बोधन गरेका थिए ।
नेकपाका ३ नं. वडाका अध्यक्ष सुयोग पाख्रिनको संयोजकत्वमा २ सय ५९ निर्वाचन परिचालन कमिटी वनेको छ । समितिको सचिवमा मिङमा भोटे रहेको वडा निर्वाचन परिचालन कमिटीका सदस्य दिपक बनेपालीले जानकारी दिए ।