धरान  / नेपाली कांग्रेसले आज धरान वडा नं १८ मा झाँकीसहित भारतको विस्तारवाद विरुद्ध प्रदृशन गरेको छ । आगामी मंसिर १४ गतेको निर्वाचनमा घरदैलो गरिरहेको काङग्रेस घरदैलो कार्यक्रम छाडेर नेपाको भूगोल भारतीय नक्सामा राखेको विरुद्धमा प्रर्दशन गरेको ेहो ।

प्रर्दशनमा ‘गो ब्याक इण्डियाको ब्यानर पनि प्रर्दशन गरिएको थियो । धरान वडा नं.१८ को विभिन्न चोकहरुमा प्रर्दशन भएको थियो । प्रर्दशनमा कम्युनिष्टलाई हेर्यौ पटक–पटक, कांग्रेसलाई हेरौं यस पटक भन्ने नारा पनि लगाएका थिए । यस्तै, लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो, सरकारमा बस्ने बैरो भो, भारतीय विस्तारवाद मुर्दावाद भन्ने नारा पनि लागेको थियो ।

वडा नं १८ का वडाअध्यक्ष प्रविन राईले भारतले नेपाली भुमि अतिक्रमण गरेकोले उपनिर्वाचन लक्षित कार्यक्रममा भारतीय विस्तारवादको विरोध गरिएको बताए । बुद्ध चोकबाट सुरु भएको प्रदर्शन देविथान लाइन, न्यूरोडलाइन, स्कुलमार्ग, सृजनशिलमार्ग, मङ्गलबारे रोड, रत्न चोक, बुद्धचौक, शिव चौक हुँदै क्याम गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेपाली कांग्रेस निकटका भातृ संगठन तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कोणसभामा वक्ताहरुले कम्युनिष्ट सरकारको चर्को आलोचना गरे । कार्यक्रममा युवा नेतृ लक्ष्मी खतिवडा, कांग्रेस जनसम्पर्क समितिका १ नं प्रदेशका संयोजक तथा नेपाली कांग्रेस युकेका सभापति किरण राई, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सचिव मुरारी भटराई र तरुण दलका नगरसभापति हिमाल श्रेष्ठलगायतले बोलेका थिए । आगामी मङ्सिर १४ गते धरानमा मेयर पदको उपनिर्वाचन हुदैछ । नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेद्वारमा उठाएको छ ।