बिर्तामोड । झापा प्रहरीले कनकाई माइ खोलाबाट बगाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ठुलो परिमाणमा साखु जातको काठको गोलिया बरामद गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाबाट इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले बुधबार दिउँसो २०२.९१ क्यूफिट काँचो सखुवाको गोलिया बरामद गरेको हो । बरामद गरिएको काठ शिवसताक्षी नगरमा हालसम्मकै ठुलो परिमाणको हो ।

प्रहरीले उक्त गोलियासँगै तस्कर पक्राउ गर्ने योजना बनाएको भएपनि त्यो सफल हुन सकेन । घटना अनुसार दोमुखास्थित कनकाई नदीको पश्चिम तटमा स्थानीयले एकाबिहानै बेवारिसे गोलिया देखेका थिए ।