बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता आहुजासहित नेपाल आइपुगेका छन् ।

वीरगञ्जमा बिहीबारबाट शुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आएका हुन् । बिहीबार साँझ वीरगञ्जमा हुने विशेष कार्यक्रमकाबीच उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै बलिउड अभिनेता गोविन्दाले नेपाल र नेपालीको प्रशंसा गरेका छन् । प्रेस मिटमा गोविन्दासहित आएकी श्रीमती सुनिताले आफ्नो आमाको घर काठमाडौंस्थित साँखुमा रहेको बताइन् ।

आफूले गोविन्दालाई हल्काफुल्का नेपाली सिकाएको समेत उनले खुलाइन् । त्यस्तै गोविन्दासँगै मुम्बईबाट अभिनेत्री निरुता सिंह पनि महोेत्सवमा सहभागी हुन नेपाल आइपुगेकी छन् ।