विराटनगर / एक महिलालाई सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाएको आरोपमा विराटनगर – ३ का खेमराज नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर पुष्पलाल चोककी एक महिलालाई सामाजिक सञ्जालमार्फत अश्लिन म्यासेस पठाएपछि ती महिलाले दिएको जाहेरीका आधारमा नेपाललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायसँगै लायन्स क्लबमा आवद्ध छन् । मदिरा सेवन गरेपछि नशामा लठिएर अश्ीिल म्यासेज पठाएको नेपालले स्वीकार गरेका छन् ।अश्लिल म्यासेज पठाए पछि महिलाले प्रहरीलाई उजुरी गरेकी थिइन् । उजुरीलगत्तै प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको थियो ।
सामाजिक सञ्जालमार्फत गरेको दुव्र्यवहारमा साइबर क्राइम अन्तर्गत काठमाण्डौंमा मुद्दा चल्छ । तर, पीडित महिलाले साइबर क्राइम मुद्दा चलाउन नमानेपछि अभद्र व्यवहार मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी राजकुमार खिउँजुले पक्राउ परेका नेपाललाई मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको जानकारी दिए । पहुचवाला नेपालले गल्ती गरेपछि पीडितलाई समाजमा मिलाउन विभिन्न दलका नेतादेखि, व्यवासयीले दबाव दिएका थिए । तर, पीडित महिलाले यस्तो अश्लिल म्यासेन्जर पठाउनेलाई कारवाहीको दायरमा ल्यानुपर्ने अडान कायम गरेपछि प्रहरीमा उजुरी दिएर पक्राउ गराएकी हुन् ।