सिरहा / सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ बन्दिपुरमा श्रीमान्ले नै आफ्नै श्रीमतिको हत्या हत्या गरेका छन् । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमति कवितादेवि पासवानको बन्चरो प्रहार गरी हत्या गरेका इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेब खनालले जानकारी दिए ।
बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेका थिए । तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवाद उग्र बन्दै हत्याको अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।
पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेसँगै उनको घटनास्थलमै मृत्यु हुन पुगेको डिएसपी खनालले जानकारी दिए । घटनापछि पासवान फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।