पथरी । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित रमाइलो चोकको एक खेतबारीमा गाडिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ । मृत शिशुको शालनालसमेत नकाटिएको अवस्थामा मंगलबार साँझ ६ बजे मेनुका दवाडीको घरको छेउमा रहेको करेसाबारीमा गाडिएको अवस्थामा स्थानीयले फेला पारेका हुन ।
घरपछाडीको करेसाबारीको छेउछाउमा टमटर रोप्ने क्रममा हातले माटो खोस्रदा शिशुको हात तानेपछि आत्तिएर मेनुका दवाडी निस्किएकी थिइन । शिशुलाई गाडिएको अवस्थामा फेला पारेपछि स्थानीय र प्रहरीलाई खवर गरेका थिए । स्थानीय र इलाका प्रहरी कार्यालयका इस्पेक्टर रामबहादुर ढकालको नेतत्वको टोलीले मुचुल्का उठाई शिशुको शव उठाएको थियो ।
मृत शिशु छोरी रहेको प्रहरीले बताएका छन् । ८ महिनाको शिशुलाई हत्या गरी फ्याकिएको आरोपमा प्रहरीले सोही वडाकी विहिबारे घर भएकी १७ बर्षिय सुस्मिता विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीलाई रमाइलो डायाग्नोष्टिक सेन्टरको सहयोगमा पक्राउ गरेको हो । रमाइलो डायाग्नोष्टिक सेन्टरमा आएर एबर्सन गरेर बच्चा फ्याकेको स्थानीयहरुले बताएका छन् ।
तर प्रहरीको बयान अनुसार सेन्टर संचालक प्रकास धिमालले बुवा, आमा र छोरी नै सोमबार साँझ ७ बजे क्लीनिकमा आएका थिए । उनीहरुले ज्वरो आएको भनेपछि हामीले रगतको ल्याबटेष्ट मात्र गरिएको र ल्याबटेष्टमा सामान्य डेङ्गु भेटिएको बताएका छन् । उनले भने ‘ब्लीडिङ भयो भनेका थिए मैले एम्बुलेन्स खोजेर अन्तै लानु भने उनीहरु टोइलेट गए म चोकमा हुर्रा नाच हेर्नु गएका थिए । त्यस पछि उनीहरुसँग सम्र्पकै भएन ।
रमाइलो डायाग्नोष्टिक सेन्टर र मेनुका दवाडीको घर सिमानामा पर्छ । ६ फुटको वालको सिमाना रहेको छ । वाल चै सेन्टरको पछाडीको भाग पर्छ जहाँ वालसँगैजोडिएको सेन्टरको शौचालय छ । वालमा रगतको थोपाहरु रहेको छ । आरोपित सुस्मिता विकलाई चेकजाचको लागी विराटनगर स्थित कोशीअञ्चल अस्पताल लगिएको छ । अहिले सम्म शिशुको बुबा पत्ता नलागेको र उनलाई अनुसन्धान सुरु गरेको इस्पेक्टर रामबहादुर ढकालले बताए ।