इटहरी / इटहरी उपमहानगरपालिकाको वडा नं. २ स्थित पर्यटकीय क्षेत्र तालतलैयामा उद्योग बाणज्यि संघ इटहरीका अध्यक्ष भीम पौडे्लले विना इजाजत रिर्सोट बनाएको भन्दैं उपमहानगरले तीन तीन भित्र हाजिर हुने रोक्न उर्दी जारी गरेको छ ।
मंगलबार बरिष्ठ इन्जिनियर अर्जुनप्रसाद दाहालले पौडेललाई पत्र काटेर विना इजाजतको गैरकानुनी निर्माण कार्य तत्काल रोक्न भनेका छन् । उनलाई निर्माण कार्य यथास्थितिमा रोकी उपमहानगरमा तीन दिन भित्र उपस्थित हुनसमेत भनिएको छ ।































