धनकुटा / धनकुटाको शहिदभूमी गाउँपालिकामा वजार आएर घर फर्कने क्रममा एक युवकले आफ्नै प्रेमीकालाई जवर्जस्ती करणी गर्न खोजे पछि पीडितको उजुरीको आधारमा ती युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका राईलाई ज्यान मार्ने उद्योगमा आइतवार मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ । राईले जवर्जस्ती करणी गर्न खोजेको नदिएपछि जताभावी कुटपिट गरेर प्रेमीकालाई गम्भिर घाईते वनाएको प्रहरीको वयानमा खुलेको छ ।
घट्ना कात्तिक ६ गते वुधवार ६ वजेको हो । शहिदभूमी गाउँपालिका वडा नं.४ घर भएका भिमसेन राईले आफ्नै १७ वर्षीया प्रेमीकालाइ जब्वर्जस्ती करणी गरेको अभियोग लागेपछि राई पक्राउ परेका हुन् । राईले शहिदभुमी गाउँपालिका वडा नं.६ थलथले वजारवाट घर जाने क्रममा वडा नं.५ स्थित् जुकेधाराको मुनी पुगेपछि जवर्जस्ती करणी गर्न खोजेका थिए । जवर्जस्ती करणी गर्न नदिए पछि राईले प्रेमीकालाई मरणसन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । राईको कुटाईवाट प्रेमीका गम्भीर घाइते भए पछि विराटनगरको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रहरीले पीडितको उजुरीको आधारमा विहिवार साँझ ६ वजे आफ्नै घरवाट राईलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार राईलाई पीडितको उजुरीको आधारमा ज्यान मार्ने उद्योेग शिर्षकमा दोश्रो पटक म्याद थप गरिएको वताइएको छ ।