धरान  / सुनसरीको धरान ११ ध्रुर्वतारामार्गका गौरीशंकर लिम्बुको घरमा रहेको पसल फोडी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान–११ का ३२ बर्षीय मन्दिप राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । उनले गत कात्तिक १६ गते दिउसै गोर्खा स्ट्रङ बियर , सुर्य चुरोट , मुसुरीको दाल, कालो दाल बिभिन्न कम्पनीका चुरोट र नगद रु। ७ हजार चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।