धरान / आज मेयरको उम्मेद्वारको नाम सिफारिस गर्न बस्ने भनिएको नेकपा धरान उपमहानगर कमिटीको बैठक बस्न सकेन । छलफलका लागि प्राप्त समय नभएको भन्दैं बैठक शुक्रबार बस्ने गरि आज स्थगित गरिएको छ ।
केही व्यक्तिहरुले सचिवालयको निर्णयबाट आफ्नो मेयरमा आफ्नो नाम नपर्ने भनेर नगरको पूर्ण कमिटीको बैठक बस्न दवाव दिइएको श्रोतले बताएको छ । नगर कमिटीकै केही व्यक्तिहरुलाई प्रयोग गरेर फुल कमिटीको बैठक बसाउन दवाव दिइएको बताइएको छ ।
केही नेताहरुको समय अभावले आज बैठक बस्न नसकेको उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । शुक्रबार विहान जिल्ला इञ्चार्जसहितको सचिवालय बैठकले उम्मेद्वारको सिफारिस गरिने उनले जानकारी दिए ।
नेकपामा मेयरका आकाक्षी धेरै भएका कारण उम्मेद्वार टुङ्गो लगाउन सकस भइरहेको छ ।
नेकपा धरानको सचिवालय बैठक आज बस्न सकेन, शुक्रबार उम्मेद्वारको सिफारिस गरिने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































