धरान/यातना र जेल कुनै समय किरण राईका लागि पर्याय बने । त्यही यातना र जेलले उनलाई सत्ताको अन्याय, अत्याचारबारे जान्ने अवसर सिर्जना गरिदियो । भोजपुरको साबिक बोया–८ बेखम्छामा हुँर्किदासम्म उनलाई थिचोमिचो, अन्याय, अत्याचारको अनुभव थिएन, सबका सब समान थियो बेखम्छामा ।
वर्गहीन समाजको परिकल्पना गर्दै राजनीतिक सङ्र्घषमा होमिएका थिए उनी । राज्यको विभेदविरुद्ध २०५२ साल फागुनदेखि थालिएको माओवादी आन्दोलनमध्येका एक झिल्का थिए उनी । त्यही क्रममा उनलाई २०५४ साल भदौंमा धरानको सदन स्कूलबाट गिरफ्तारी गरियो । उनीमाथि भोजपुर र सुनसरीमा हातहतियार खरखजना र राज्यविरुद्धको अपराधमा मुद्दा चलाइयो । प्रहरीको यातना भन्दा पनि उनलाई सामन्ती राज्य व्यवस्थाको घनचक्करले पिरल्थ्यो । युवा उमेरमा जतिसुकै यातना पाए पनि पार्टीप्रति कटिबद्ध थिए । मुख खोलेनन् । ४० महिना जेलको चिसो छिडीमा बसेर राज्य सत्ताको अन्यायलाई भरपूर अनुभव गरे । त्यो अनुभवले नै उनमा लुकेको किरण झनै तेज बनेर आयो । जेलबाट छुटेलगत्तै उनी भूमिगत भए । सशस्त्र सङ्र्घषमा दिनहरु बिताउन थाले ।
.. .... .. . . . . ..
सानैदेखि किरण जोखिम र चुनौतीपूर्ण काम गर्न रुचाउँथे । भारतको केरलामा २०३२ सालमा जन्मिएका थिए । बुबा भारतीय पल्टने । सपरिवार रहेका बेला उनको जन्म भयो । त्यसपछि मात्रै बाउबाजेको जन्मथलो भोजपुरको बेखम्छामा आइपुगे । गाउँकै महेन्द्रदय निमाविबाट कखराको यात्रा प्रारम्भ भयो । घरबाट आधा घण्टाको दूरीमा पुगिने स्कूलबाट कक्षा ७ उत्तीर्ण गरेपछि भोजपुर बजारको विद्योदय माविमा पुगे । त्यही माविमा पुगेपछि राजनीतिले उनलाई आकर्षित गर्दै लग्यो । १०–११ वर्षको कलिलो उमेरबाटै चिनियाँ कम्युनिष्ट आन्दोलनसम्बन्धी लेखिएको सामाजिक उपन्यास ‘चम्किलो रातो तारा, अजम्बरी गाउँ’ जस्ता पुस्तकहरुमा आँखा पुगे । जहाँ सामान्ती व्यवस्थाको मनोविज्ञानलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । त्यो पुस्तकले उनको बाल मनोविज्ञानमा कता–कता घर गरिराखेको थियो । त्यही बेला २०४६ सालमा पञ्चायत विरोधी आन्दोलनले अझ राजनीतिमा लाग्न मलजल गर्न थाल्यो । ‘त्यो पुस्तकबाट राजनीतिप्रति प्रेरित भइरहेका बेला पञ्चायत विरोधी आन्दोलनले झन बढी प्रेरित ग¥यो’–उनी विगत स्मरण गर्छन् ।
उनी प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मोटो मषाल) मा विद्यार्थी नेतृत्व गर्न पुगेका थिए । अनेरास्ववियु छैठौंको उनी सदस्य बनेका थिए । पछि मावि कमिटीको अध्यक्ष पनि बने । २०४८ सालमा एसएलसी दिएपछि उनलाई धनकुटा क्याम्पसमा खटाइयो । तर, त्यहाँ केही समय नबित्दै उनी धरानको महेन्द्र बहुमुखी क्याम्पसमा आइए पढ्नका लागि आइपुगे । जहाँ पार्टीको उद्देश्य पनि पूरा हुने अवस्था थियो । उनकै पहलमा महेन्द्र क्याम्पसमा कमिटी बन्यो । उनी दोस्रो सुनसरी जिल्ला सम्मेलन तयारी समितिका संयोजक हुँदै २०५३ सालमा अध्यक्ष बने । त्यो बेलामा अर्ध भूमिगत रुपमा थिए । पार्टीमा त २०५२ सालदेखि नै जिल्ला सेक्रेटरीको रुपमा कार्यरत थिए । धरानमा आएपछि खेल जीवन पनि शुरुवात गरेका थिए । धरान डोजोका उत्पादन थिए उनी । थर्ड डनसम्म पुगे ।
.. . . . .. .. .
बाउबाजे नै पल्टने भए पनि उनले थाहा पाउँदादेखि नै आर्थिक विपन्नताले गाँजेको थियो । बाजेको व्यवस्थापकीय कमजोरीका कारण नै घर परिवारको अवस्था नाजुक थियो । घाँस दाउरामा जीवन बित्थ्यो । त्यो बेला बाजेको करोडौं सम्पत्ति भएर पनि गतिलो व्यवस्थापन नहुँदा विस्तारै भएका सम्पत्तिहरु सकिँदै गए । पल्टनेको छोरा–नाति भएकाले उनलाई पल्टने हुने रहर कहिल्यै पलाएन ।
जतिबेला उनको मानसपटलले के सही के गलत भन्ने ठान्न थाल्यो, त्यो बेलादेखि नै पल्टने भनेको बेचिएको भन्ने अर्थमा बुझ्न थाले । उनमा पल्टने सोच कम, देशभक्ति, राष्ट्रभक्तिप्रति आस्था जाग्दै गयो । राजनीतिले उनलाई आकर्षित गर्दै गयो । राजनीतिक पृष्ठभूमि नभएको परिवार नै राजनीतिक भूँवरीमा फसे । ‘हाम्रो परिवारमा ९ जना भूमिगत भएका थियौं । परिवारका लगभग सबै सदस्य’ उनी भन्छन्, ‘राजनीतिक व्याकराउढड नभएकाले परिवारमा हामीले छलाङकै रुपमा मा¥यौं ।’
..... . . . .. . ......
त्यही राजनीतिले नै उनलाई जेलसम्म पु¥यायो । प्रहरीहरुले म¥यो भन्ने गरी यातना दिए । तर, सामान्ती व्यवस्थाका विरुद्ध उनमा उठेको झिल्को मर्न पाएन । अझ आगोको रुप धारण ग¥यो । ४० महिनामा उनी थप ससक्त बने । जेलले उनलाई राजनीतिप्रति हतोत्साही हैन, उत्साही बनायो, थप प्रेरणा दियो । राज्य विरुद्धको अपराधमा पूर्णतः जेल सजाय काटे पनि हातहतियार खरखजनामा भने उनलाई धरौटी बुझाएर साधारण तारेखमा छाडिएको थियो । त्यो बेला उनको श्रीमती गीता थेबेलाई पनि २०५४ भदौंमा राज्य विरुद्धको अपराधमा ३ वर्ष जेलमा राखियो । त्यहीँ पनि उनी राजनीतिबाट विचलित बनेनन् । जेलबाट छुटेलगत्तै उनी २०५७ मा भोजपुर–खोटाङ कमिटीमा आवद्ध भएको केही समयपछि नै २०५८ मङ्सीरमा स्क्वाइडमा पुगे । जुन माओवादी पार्टीले निर्माण गरेको लडाकु दल हो । स्क्वाइड हुँदै कमाण्डर, जिल्लाको प्लाटुन कमाण्डर हुँदै जनमुक्ति सेना हुन पुगे ।
त्यही बेला पार्टीको निर्देशनमा दाङको घोराही र सोलुसल्लेरी हानिएको थियो । दाङमा पार्टी सफल भए पनि सोलुसल्लेरीमा भने सदरमुकाम कब्जा गरिए पनि सेनाको ब्यारेक कब्जा गर्न नसकिएको उनी बताउँछन् । सोलुसल्लेरीको आक्रमणपछि बटालियन बन्यो । जहाँ उनी बिग्रेड कमाण्डरसम्म बने । त्यो बेलामा प्रत्यक्षअप्रत्यक्ष गरी ३ दर्जनभन्दा बढी लडाइँ भए । २०६० फागुन १९ गते भोजपुरमा भएको लडाइँ उनको जीवनमा अमीट छाप बनेर बसेको छ । फागुन १० गते छोरो जन्मिएको भए पनि उनले लडाइँमा जाँदै गर्दा खबर पाएका थिए । छोरो जन्मिएको खुशी साट्न नपाउँदै उनी घाइते हुन पुग्छन् । बमको छर्राले क्षतविक्षत बन्न पुग्छन् । भोलिपल्टै अर्थात् फागुन २० गते सुत्केरी श्रीमती र छोरालाई शाही सेनाले पक्राउ गर्छ । छोरो जन्मिएको १० दिनमै शाही सेनाले गिरफ्तार गरी २ वर्ष थुनामा बस्न बाध्य बन्छिन् श्रीमती र छोरा । त्यो बेला श्रीमतीमाथि श्रीमान्लाई आत्मसमपर्ण गर्न बारम्बार दबाव दिन्छन् । तर, पनि उनी अविचलित रुपमा पार्टीको काममा रातोदिन खटिन्छन् । त्यस्ता विविध यातना भोगेर पनि जीवनलाई डो¥याएकी गीताको २०६८ साल काठमाडौंको बानेश्वरमा सडक दुर्घटनाका कारण ब्रेनह्यामरेज भएर मृत्युवरण गर्न पुग्छिन् । भूमिगत अवस्थाको पीडाभन्दा पनि बढी श्रीमतीको मृत्युले किरण शोकमा डुबे । अहिले पनि भित्तामा झुण्डिएका श्रीमतीका तस्बिरहरुले उनलाई चियाइरहेका छन् ।
.... . .. . ......
भूमिगतबाट पहिलो पटक सार्वजनिक
दिल्लीमा सम्पन्न विस्तृत शान्ति सम्झौतापछि २०६३ सालको वैशाखमा धरानको पब्लिक स्कूलबाट उनी सार्वजनिक भए । जनमुक्ति सेनामा बस्ने पार्टीको ठूलै दबाव थियो । तर, उनी युवाहरुलाई गोलबद्ध गरेर राजनीतिमा नयाँ आयाम थप्न चाहन्थे । जनमुक्ति सेनामै बसिरहँदा त्यो सम्भव देखेनन् । त्यही भएर उनी योङ कम्युनिष्ट लिग (वाइसिएल) गठन प्रक्रियामा जोडिए । उनलाई कोशी संयोजक बनाइयो । ‘त्यसपछि नै जनमुक्ति सेनाबाट निस्किए’ उनी भन्छन् । उनलाई खेलकुद विभागको इन्चार्ज पनि बनाइयो । भूमिगतबाट खुल्ला राजनीतिमा आएपछि नै उनी २०६४ सालको पहिलो संविधानसभाको चुनावमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभाषद बन्ने मौका प्राप्त गरे । उनले १८ हजार ६ सय २० मत प्राप्त गर्दै निर्वाचित बने । संविधान बनाउने जिम्मेवारी पाएर गए पनि उनले आफ्नो कर्मक्षेत्रमा थुप्रै विकासका कामहरु पनि सम्पन्न गरे । संविधान बनाउने जिम्मेवारी पाएर पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिको प्रभावले गर्दा पहिलो संविधानसभा त्यसै तुहियो ।
पार्टीभित्र पनि भतभेदहरु सिर्जना हुन थाले । विस्तृत शान्ति सम्झौताको मोटोमा रहेर पार्टीले काम गर्न सकेन । मेलमिलाप आयोगलाई पनि चुस्त किसिमले लान सकेन । यस्ता विविध कारणले गर्दा पार्टी विभाजित भयो । उनी पनि फरक धारसँगै गए । कमरेड मोहन वैद्य किरण हुँदै उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पुगे । जसमा रहँदा उनी ७ जिल्लाबाट ७ पटक पक्राउ परे । एउटा जिल्लाबाट छुटेलगत्तै अर्को जिल्लाको राज्य विरुद्धको अपराधमा तानिन्थे । एवम् रीतले प्रदेश १ का सुनसरी, मोरङ, उदयपुर, भोजपुरलगायतका जिल्ला घुमिरहे । पक्राउ परिरहे ।
... ..... . . .. ...
युवाहरुलाई आन्दोलनबारे बुझाउनुपर्छ
अहिले करिब–करिब राजनीतिक जीवनबाट अवकास लिएझैं अवस्थामा छन् । उनी आफूले राजनीति अवकास नै भन्न रुचाउँछन् । उनी अब पार्टीमा मेची महाकाली गर्ने पक्षमा छैनन् । आफ्नै स्थानलाई, आफ्नै भूगोलमा बाँकी जीवनलाई त्याग गर्ने पक्षमा छन् । तीन दशकभन्दा बढी खुल्ला–अर्धभूमिगत–भूमिगत–खुल्ला राजनीतिमा बिताइसकेका उनी आफै राजनीतिका दर्शन हुन् । ‘राजनीतिमा सरकार परिवर्तन मात्रै भएर केही हुँदैन, तलदेखि माथिसम्म परिवर्तन हुनका लागि सत्ता परिवर्तन चाहिँ महत्त्वपूर्ण हो’ उनको तीन दशकको बुझाइको सारांश हो ।
अहिले राजनीति पनि ग्लोबलाइजेसन भइसकेको छ । विज्ञान प्रविधिले गर्दा राजनीति हिजो जस्तो नरहेको उनी ठान्छन् । ‘रुपान्तरण कन्सेप्टमा हुनुप¥यो’ उनी भन्छन्, ‘नयाँ पुस्तालाई दिनुप¥यो ।’ जतिबेला उनी संविधानसभामा निर्वाचित भएका थिए । त्यो बेला ५ वर्षका बालबालिका अहिले मतदाता बनिसकेका छन् । उनीहरुलाई आन्दोलनको बारेमा बुझाउनु पर्ने उनको धारणा छ ।
आफ्नै ठाउँमा लगानी
अब बाँकी जीवन आफ्नै ठाउँमा लगानी गर्ने सोच राखेका छन् उनले । स्थानीय विकासमै आफूलाई समर्पित गर्न चाहेका छन् । त्यसैले पनि होला निर्वाचन आयोगले मङ्सीर १४ गते तोकेको उपनिर्वाचनमा धरानको मेयरमा उनको पनि नाम यदाकदा सुनिँदै छ । तर, उनले आफू आकाङ्क्षीको रुपमा नरहेको प्रतिक्रिया दिए ।
अवकास प्राप्त जीवन जिउने भनेर पार्टी राजनीतिबाट बाहिर रहे पनि उनलाई फेरि नेकपाभित्र प्रवेश गराइएको छ । ‘धेरै साथीहरुले रिक्वेस्ट गर्नुभयो, एक्लो वृहस्पति भएर के बस्ने ? भनेर फेरि पार्टीमा प्रवेश गरेँ’–उनी भन्छन् । तर, त्यसको अर्थ मेयर बन्नका लागि नभई आफ्नै ठाउँलाई विकास गरेर अगाडि बढ्ने उद्देश्य रहेको उनी बताउँछन् ।