भोजपुर  /  जिल्लाको आम्चोक गाउपालिका ३ थिदिंखाका रामकुमार राईको खोल्साको छागाबाट लडेर मृत्यु भएको छ । स्थानिय ४८ बर्षीय राईको मंगलबार साझ लडेर मृत्यु भएको हो । राई अबेर रातीसम्म बसेर उनकै अर्को घरमा सुत्न गएका थिए । राती सुत्न गएका राईको शव विहान खोल्सामा भेटे पछि परिवारले प्रहरीलाई खबर गरेको स्थानियले बताएका छन् ।

खबर पाउन साथ ईलाका पहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष नरबहादुर सलामी मगरले बताए । राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याईएको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।