धरान । गायिका देशु गोले फाउण्डेसनले धरान–१५ स्थित अलस्टार क्लबलाई खेलकुद सामग्री खरिदका लागि सहयोग प्रदान गरेको छ ।
फाउण्डेसनले क्लबलाई २५ हजार रुपैयाँ प्रदान गरेको हो । गायिका गोले र नेपाली काङ्ग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र गोलेले क्लबका अध्यक्ष राजन मगरलाई नगद हस्तान्तरण गरेका थिए ।
































