ताप्लेजुङ । लिम्बू विद्यार्थी मञ्चको ९ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगको छ ।
मञ्चले शुक्रवार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । असोज १२, १३ र १४ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने महाधिवेशनको प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्रि ईन्द्र आङ्वो मौषमले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको मञ्चका बरिष्ठ उपाध्यक्ष नितेश सिङ्घकले जानकारी दिए ।
महाधिवेशनमा १३ जिल्लाका ४ सय भन्दा वढि प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने आयोजकले जनाएको छ । असोज १२ गते आईतवार हुने उद्घाटन कार्यक्रममा यालाङ्, केलाङ, पालम, ख्याली, हाक्पारे लगायतका साँस्कृतिक कार्यक्रम सहित बजार परिक्रम गर्ने कार्यतालिका रहेको छ ।
































