Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अपराध
अपराध

‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’

र रासस असोज ६, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’
 
काठमाडाैं / मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको आज ‘जबर्जस्ती करणीमा परेका महिलाको मानवअधिकार एवं न्याय पहुचमा नेपाल प्रहरीको जवाफदेहिता अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’ मा नेपालमा उक्त उमेर समूहका बालिका हिंसाको सिकार भोग्न बाध्य भएको बताइएको हो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा रहेका दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका बढीजसो बालबालिका हिंसाको सिकार भोग्न बाध्य भएका बताए । उनले भने, “समाजमा नेपाल प्रहरी र सर्वसाधारण जनताबीच थप सुमधुर सम्बन्ध विस्तार हुँदै गएमा हिंसाको घटना न्यूनीकरण हुने थियो ।” मानव अधिकार बहाली गर्ने क्षेत्रमा प्रहरीको संलग्नता हुनु अतिनै आवश्यक रहेको शर्माले जानकारी दिए । आयोगका सदस्य मोहना अन्सारीले जबर्जस्ती करणीमा परेका कतिपय महिला तथा बालिकाले अझै न्याय नपाएको गुनासो व्यक्त गरे । “आयोगसँग पर्याप्त बजेट अभावका कारण हामीले प्रदेश नं ३ मा मानवअधिकार उल्लङ्घनका घटना हेर्न पाएका छैनौँ”, अन्सारीले भने, “आयोगलाई मानव अधिकारको क्षेत्रमा भएका समस्या, घटनाको प्रमाण सङ्कलन र अनुसन्धान गर्न निकै चुनौती भइरहेको छ ।” मुलुकमा हिंसा बढाउने पीडक भने १९ देखि ७५ वर्ष उमेर समूहका रहेका उनले बताए । अन्सारीले धेरैजसो हिंसाको घटना खेतबारी र घरभित्र हुने गरेका उल्लेख गरे ।
हिंसामा परेका एक प्रतिशत महिला गर्भवती भई मानसिक सन्तुलन गुमाइरहेको अन्सारीले जानकारी दिए । सरकारले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको निःशुल्क उजुरी लिने, हिंसाको उजुरी सुलभ बनाउन सरकारी वकिलको भूमिकालाई सरल बनाउने र नेपालमा पाठ्यक्रमको माध्यमबाट बालबालिकालाई हिंसाबारे चेतना फैलाउने काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।
आयोगका अर्का सदस्य सुदीप पाठकले बलात्कारमा परेका महिलाको पहुँच जुनसुकै निकायमा सरल बनाउन आवश्यक रहेको औँल्याए । उनले भने, “सरकार र नेपाल प्रहरीले हिंसामा परेका महिलाको स्वास्थ्य जाँच, गोपनीयताका साथै चेतनामूलक तालीमको व्यवस्था गर्नुपर्छ ।” प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले ल्याएको सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत छ लाख विद्यार्थीका साथै ६० लाख स्थानीय जनतामा आफूहरुको पहुँच पुगेको बताए । उनले भने, “नेपाल प्रहरीले जबर्जस्ती करणीको विषयमा परेको कूल उजुरीमा ९७ प्रतिशत समस्या समाधान गर्न सफल भएको छ ।” प्रहरीले २६ हजार समुदायमा विभिन्न सुरक्षा अपनाउने तरिका, महिलाको विषयमा काम गर्ने सङ्घसंस्थामा सहकार्य र विभिन्न विद्यालय अनि क्याम्पसमा चेतनामूलक कार्यक्रम गरिरहेको उनले जानकारी दिए।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

कालीगण्डकी नदीको बहाव हेर्दा
असोज १२, २०८३
बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
असोज १२, २०८३
हङकङमा किरात राई समुदायद्वारा न्वागी पितृ पूजा सम्पन्न
असोज १२, २०८३
छापा संस्करण [ePaper]
  1. कालीगण्डकी नदीको बहाव हेर्दा
    असोज १२, २०८३
  2. बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
    असोज १२, २०८३
  3. हङकङमा किरात राई समुदायद्वारा न्वागी पितृ पूजा सम्पन्न
    असोज १२, २०८३
  4. हङकङ साहित्यिक साझा शृङ्खलामा सुनसरीको मिडिया परिदृश्य विषयमा चर्चा
    असोज १२, २०८३
  5. कोशीमा रोकिएको ठेक्का प्रक्रियाको काम सुरु
    असोज ११, २०८३
  6. विपदबाट चार दिनमा १५ जनाको मृत्यु
    असोज ११, २०८३
  7. विश्व पर्यटन दिवसः कोशीमा हिमालय पर्यटनको बहस
    असोज ११, २०८३
  8. पर्यटन पुनर्संरचनाको बदलिँदो ‘डिजिटलमुखी’ बहस
    असोज ११, २०८३
  9. कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
    असोज ११, २०८३
  10. लागूऔषधसहित ३ जना पक्राउ
    असोज ११, २०८३
  11. साढे चार लाखको भन्सार छलीका कपडासहित टेम्पो चालक पक्राउ
    असोज ११, २०८३
  12. नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग
    असोज ११, २०८३
  13. हवाई प्रतिबन्धबारे सम्बन्धित देशसँग इरानको निरन्तर संवाद
    असोज ११, २०८३
  14. पहलमान सिंहस्वाँर मार्गभासियो
    असोज ११, २०८३
  15. आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध
    असोज ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड