धरान / धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।

विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेको छैन । देवसँग बस्ने साथीको बिहान डिउटी भएका कारण उनी होस्टेलमा एक्लै थिइन ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अञ्जना साढे ६ बजेतिर होस्टल रुमबाट निस्केए पनि उनी पुनः कोठामा फर्किएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले सलको पासो लगाएर आत्महत्या गरेकी थिइन । साथी ड्युटी सकेर आउदा उनी जीवितै रहेका कारण साथीले उनलाई तत्काल प्रतिष्ठानको आकम्मिक कक्षमा पुर्याइएको थियो । पुर्याउने वितिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको साथबाट एउटा मोवाइल फेला परेको छ । उनका अभिभावक आए पछि थप कारण खुल्ने डिएसपी न्यौपानेले जनाएकाे छ ।