भण्टाबारी । भारतसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसँगै भारतबाट चोरीपैठारी गरी ल्याउने समान बरामद हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीले तीनदिनको अन्तरालमा चोरीपैठारी गरी ल्याइएका ११ लाख ९१ हजार बराबरको विभिन्न समान बरामद गरेको जनाएको छ ।

बिओपी भण्टाबारीबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह विष्टको कमाण्डमा खटिएको टोलिले कोशी गाउँपालिका–८भण्टाबारी स्थित तिनकुने नाकाबाट भदौ २५ गते साँझ सवारी चेकजाँच गर्ने क्रममा अवैध रूपमा नेपाल भिœयाएको ४ लाख ५१ हजार मूल्य बराबरको सामान बरामद गरेको थियो ।

बिलविजक नभएको सिटी रिक्साको मोटर ८० हजार बराबरको ८ थान, सिटी रिक्साको रिम १ लाख ४८ हजार बराबरको ३७ थान, सिटी रिक्साको सकर १ लाख २० हजार बराबरको ४० थान, ब्रेकसुठ ५५ हजार बराबरको ११० थान, साडी १२ हजार बराबरको १२ थान, टप्स सेट २२ हजार बराबरको ४० पीस र टण्स १४ हजार बराबरको ३५ थान गरी जम्मा ४ लाख ५१ हजार बराबरको समान बरामद गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझायो ।

त्यसैगरी सशस्त्रका इन्स्पेक्टर प्रेमसिंह विष्टकै कमाण्ड खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा ल्याएको ४ लाख ८० हजार मूल्य बराबरको ४ सय ८० जोरा फुटबल सुज यसै हप्ता बरामद गरेको थियो ।