विराटनगर । मोरङ बुढिगंगा गाउँपालिकामा सुन पसल संचालन गर्ने सुन व्यापारीले ग्राहकको धितोका राखेको सुन सक्कली भनि नक्कली दिदै सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगि गर्दै आएको खुलेको छ ।

प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका – २ स्थित गणेश लक्ष्मी ज्वेलर्स (सुन पसल) संचालन गर्दै आएका विराटनगर महानगरपालिका – ४ बस्ने अन्दाजी ३६ वर्षिय जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले सक्कली भनि नक्कली सुन दिएको आरोपमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

व्यापारी स्वर्णकारले आफ्ना सुन पसलमा धितो राखेको सुनहरू समय सिमा पुरा भएपछि ग्राहकले आएर साँवा र व्याज चुक्ता गरेपछि सक्कली सुन राखेर नक्कली सुन दिने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको हो ।

सुन व्यापारी साहले प्रराम्भिक चरणको अनुसन्धाबाट मंगलबारसम्म विभिन्न ८ जनाको ८ लाख मुल्य बराबरको सक्कली सुन भनि नक्कली सुन दिएर ठगि गरेको मोरङ प्रहरीका डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘पैसा आवश्यक परेपछि ग्राहकहरूले पक्राउ परेका स्वर्णकारको सुन पसलमा सुन धितो राखेको हुदो रहेछ,’ डिएसपी श्रेष्ठले भने, ‘ग्राहकले राखेको सुनको सिमित अवधि पुरा भएपछि ग्राहक सुन पसलमा साँवा र व्याज चुक्ता गरि आफनो सुन माग्ने गर्दछन् ।

त्यसै बेलामा सुन व्यापारीले ग्राहकले धितोमा राखेको सुन जस्तै बनाएर नक्कली सुन दिने रहेछन् ।’ ग्राहकलाई नक्कली सुन दिएपछि सक्कली सुन व्यापारी स्वर्णकारले अन्यलाई विक्री गर्दै आएको बुझिाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा सक्कली भनि नक्कली सुन गणेश लक्ष्मी ज्वेलर्स (सुन पसल) संचालन गर्दै आएका स्वर्णबाट ८ जना ठगिएको भन्दै उजुरीको आधारमा उनलाई विराटनगर – ४ बाट पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए ।

‘मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुर अन्तर्गत जिल्ला अदालत मोरङमा म्यात थप गरि अहिले अनुसन्धान गर्दै आएको छौं,’ उनले भने, ‘प्रराम्भिक चरणको अनुसन्धानबाट ८ जना ठगिएको देखिएको छ । पक्राउ परेको सूचना संचारमाध्यमबाट बाहिर आएपछि अन्य पनि ठगिएको आउन सक्नेछन् । सुष्म तरिकाले हामीले अनुसन्धान गर्दै आएका छौं ।’

पैसाको लोभमा बिभिन्न मितिमा, बिभिन्न समस्या देखाएर नक्कली सुन गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर खड्ग बहादुर श्रेष्ठलाई बाला र औंठी २ थान, बेरूवा औंठी १ थान, टप ७ थान, कुन्डल १० थान, सुनको जुली समेत दिएर पटक पटक गरी १ लाख ४० हजार ठगि गरेको प्रहरीले जनाएको छ । ठगिएका श्रेष्ठलाई जस्तै गरि अन्य ७ जना जना महिला र पुरुषलाइ पनि सनु व्यापारी स्वर्णकारले सक्कली भनि नक्कली सुन दिएर ठगि गरेको मोरङ प्रहरीले जनाएको छ ।