धरान । धारिलो हतियारसहित धरान–८ का एक युवा पक्राउ परेका छन् ।
प्रहरीले मंगलबार धरान–२ बाटा धरान–८ का बुद्ध प्रधानलाई खुकुरीसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट खुकुरी बरामद गरेको जनाएको छ । प्रहरीले उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने आशंका गर्दै पक्राउ गरी अनुसन्धान गरिरहेको इप्रका धरानको सञ्चार शाखाले जनाएको छ ।