देउराली । धरानमा प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेकाे छ । 

धरान  उपमहानगरपालिका वडा नं. ८ सभागृह रोडमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएकाे गस्ती टाेलीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेकाे कार्यालयले जनाएकाे छ । 

संकाकाे आधारमा रोकी चेक जाँच गर्दा  ४ प १७३५ न. र को १० प ४७४७ नं. को मोटरसाईकलमा सवार धरान १४ बस्ने बर्ष ४० को कुमार बस्नेतले बोकेको  झोला तथा शरिरबाट अबैध लागु औषध DIALEX-DC १००M.L को १० बोतल ,spasmo-proxyvon plus ९० क्यापसुल,  nitrosun- 10 लेखिएको २५ ट्याब्लेट, मोबाइल दुई थान र नगद अठाईस हजार फेला परेपछि प्रारम्भिक सोधपुछ गर्दा उक्त लागुऔषध बस्नेत लगायत धरान ७ बस्ने बर्ष ३२ को वसिम खान र बर्ष ३४ को राजेश भन्ने नबिन भन्डारीले बेचबिखन र सेवन गर्न ल्याएको भन्ने खुलेको प्रहरीले जनाएकाे छ । 

 

बरामद सामान नगद तथा माेटरसाइकल सहित तिनैजनामाथि अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।