भोजपुर / जिल्लाको आम्चोक गाउपालिका ३ थिदिन्खाकी १३ बर्षिय बालिका निर्मला सुवेदीले विष सेवन गरि आम्माहत्या गरेकी छिन । स्थानिय डिक बहादुर सुवेदीकी छोरी निर्मलाले धानमा हाल्ने बिषादी सेवन गरि आइतबार आत्माहत्या गरेकी हुन ।
घरमा कोही नभएको बेला विषादी सेवन गरि विरामी भएकी सुवेदीलाई गाउँपालिका केन्द्र बालांखामा रहेको स्थानिय मेडिकलमा उपचार गराउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डवकुमार राजबंशीले बताए । चण्डेश्वर माध्यमिक विद्यालय बालंखामा कक्षा ४ मा अध्यनरत बालिकाको उपचारको क्रममा दिउसो साडे १ बजे मृत्यु भएको थियो । घटना पछि इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरिक्षकको कमाण्डमा घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।