बिराटनगर/ धरान-७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार राती सवा १० बजेको समयमा स्थानीय एक युवकलाई नोक देखाई धाकधम्की दिई युवकसँग भएको सामसुङ मोबाइल र चाँदीको सिक्री लुटेर भाग्ने क्रममा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

तामाङको साथबाट प्रहरीले चोरी गरेको माेबाइल र सिक्री समेत बरामद गरेको छ भने तामाङसँगै रहेका अर्का एक जना भने फरार रहेकोले खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।