विराटनगर / प्रहरीले लागूऔषध सहित एक जना भारतीय नगरिकलाई पक्राउ गरेको छ । विराटनगर –१५ बाट प्रहरीले लागुऔषधसहित मंगलबार भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत–९ का २२ वर्षीय मोहम्मद करिम अन्सारी पक्राउ गरेको हो । लागुऔषध शरीरमा टेपले बाँधेर नेपाल छिराउँदै गरेको अवस्थामा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पैदल हिंडिरहेको अवस्थामा शंका लागेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । अन्सारीको साथबाट ५० एम्पुल एभिल, ५० एम्पुल डाईजेल्याब र ५० एम्पुल लुपिजेसिक नामक लागुऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।
पक्राउ परेका अन्सारीले आफूले नचिनेको व्यक्तिले एक हजार रुपैयाँ दिएर इटहरीसम्म पु¥याउन लगाएको प्रहरीलाई बताएका छन् । प्रहरीले पक्राउ परेका व्यक्ति लागुऔषधको कारोबारी नै भएको हुन सक्ने आशंका गरेको छ ।