धरान । ट्रकको ठक्करबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका–३ का ४ वर्षीय बालकको ज्यान गएको छ ।

सोमबार करिब पौने १० बजेतिर कोशी लोकमार्ग अन्तर्गत टुटेदेउरालीबाट खाँदबारीतर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकको ठक्करबाट बालक आदित्य अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढएको छ ।