भोजपुर / जिल्लाको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले जानकारी दिए । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि धरान रिफर गरिएको थियो । रिफर भएसंगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउन साथ उनको निधन भएको वडा सदस्य सुवेदीले बताए । सोही वडाको तिलारमा घर भएका अध्यक्ष पाण्डे केहि दिन देखि निमोनियाका कारण सिकिस्त विरामी भएको उनको पारिवारिक श्रोतले जनाएको छ । अध्यक्ष पाण्डेको निधनले गाउँपालिकालाई अपुरणीय क्षति पुगेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । अध्यक्ष राईले भने ‘‘जनप्रतिनिधिहरुको अभिभावक हुनुहुन्थ्यो,उहाँको निधनले गाउँपालिकालाई अपुरणीय क्षति पुगेको छ ।’’ स्थानिय तहको निर्वाचनमा पाण्डे नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
.