उदयपुर / उदयपुरको विभिन्न ठाउँमा बालिका बलात्कार गरी फरार रहेका तीन बलात्कारी पक्राउ गरेका छन् । गत असारमा बालिका बलात्कार गरी फरार रहेका तीनजना बलात्कारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत असार ५ गते १२ वर्षीय बालिकालाई कृष्णबहादुर मगरले जबरजस्ति बलात्कार गरी फरार रहेको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका – १५ बेतेनी निबासी ५१ वर्षीय मगर रौतामाई गाउँपालिका – नामन्तामा आफन्तको घरमा लुकिछिपी बसेको भन्ने विशेष सुचनाको आधारमा खोजतलास गर्ने क्रममा त्रिनपा – १५ रानीबासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्रउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई जबरजस्ति करणी मुद्दा कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै त्रियुगा नगपालिका – ८ निबासी २० वर्षीय संजय राउतले गत असार ४ गते १४ वर्षीय बालिकालाई जबरजस्ति बलात्कार गरी फरार रहेको प्रहरीले जनाएको छ ।
बालिका बलात्कार गरी फरार रहेका अभियुक्त राउतलाई विशेष सुचानको आधारमा त्रिनपा – ११ संगम टोलमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको अभियुक्त राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उदयपुरगढी गाउँपालिका – ५ मौवासे निबासी ६१ वर्षीय कृष्णबहादुर दर्जीले १५ वर्षीय बालिकालाई जबरजस्ति बलात्कार गरेको पिडित र उनका आफन्तले प्रहरी कार्यालयमा जाहेरी दिएपछि अभियुक्त दर्जीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडितले जाहेरी दिएपछि प्रहरी टोलीले अभियुक्त दर्जीलाई उनको घरबाट पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।