भोजपुर  / ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा भोजपुरमा एक जना वालक पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका वडा नम्बर २ का १३ वर्षीय वालकले आमचोक गाउँपालिका ६ की बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । गएको साउन १५ गते घर नजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर उनले बालिका माथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिए पछि उनलाई पक्राउ गरिएको हो ।
पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बलात्कार गर्ने पनि बालक रहेकोले नाम भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।