देउराली । धरान – २ निकेतन गल्लीबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिहिबार लागुऔषधसहित धरान – १ का  २१ वर्षीय दिपक मरिकलाई  पक्राउ गरेकाे छ । शंकास्पद अवस्थामा हिडि रहेका मरिकको शरिर खानतलासी गर्दा लुपिजेसिक ६ एम्पुल ,एभिल ६ एम्पुल, डाईजेलाभ ६ एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

पक्राउ परेका मरिककाे इलाका प्रहरी कार्यालय धरानमा राखीएकाे थप अनुसन्धान भइरहेकाे  कार्यालय जानकारी दिएकाे छ ।