धरानर इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित ३ युवाहरूलार्इ पक्राउ गरेको छ ।

बिहीबार बिहान १ः०० बजेको समयमा धरान-१३ सुम्निमा चोक स्थितमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडि रहेका धरान-१७ बस्ने बर्ष २६ को दनि राई पक्राउ परेका हुन् ।

उनको शरिर खानतलासी लिदा निजले लगाएको पाईन्टको दाया गोजी भित्र लुकाई छिपाई राखेको लागुऔषध लुपिजेसिक १० एम्पुल ,एभिल १० एम्पुल, डाईजेलाभ १० एम्पुल समेत गरी जम्मा ३० एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी बुधबार साँझ धरान–८ तीनकुने चेकपोष्टबाट प्रहरीले दुर्इ युवालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

ईटहरीबाट धरान तर्फ आउदै गरेको सार्बजानिक यात्रु बाहक बस रोकी बसमा रहेका यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा धरान-२ बस्ने बर्ष ३० को सनम शाक्य र धरान-८ बस्ने बर्ष ३६ को अभिषेक तामाङलार्इ पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपाने जानकारी दिए ।

चेकजाँच गर्दा अभिषेक तामाङले पछाडी बोकेको कालो झोलाको भित्री भागमा सिलाएको अव्सथामा रहेको झोलाबाट लुपिजेसिक ८१ एम्पुल ,एभिल ८१ एम्पुल, डाईजेलाभ ८१ एम्पुल समेत गरी जम्मा २४३ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।  पक्राउ परेकाहरूको थप अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।