भद्रपुर/ अज्ञात समूहले गएराति साढे १२ बजे एनसेल टावरमा आगजनीको प्रयास गरेका छन् ।
बुधवार राति झापाको भद्रपुर र दमकमा रहेका दुई वटा एनसेलको टावरमा आगजानीको प्रयास गरेको समूहले पुनः टावर आगजनी गरेको हो ।
झापाको अर्जुनधारा– १० कालिकास्थानमा रहेको एनसेलको टावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुटको वोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।